Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • गृहको निर्देशनसँगै आज सीडीओहरुको भर्चुअल मिटिङमा फेरिनेछ निषेधाज्ञाकाे मोडालिटी

    गृहको निर्देशनसँगै आज सीडीओहरुको भर्चुअल मिटिङमा फेरिनेछ निषेधाज्ञाकाे मोडालिटी

    अनलाइन नेपाल
  • मंगलबार, १६ भाद्र २०७७
  • 3.3K
    SHARES

    काठमाडौं । गृहको निर्देशनसँगै आज सीडीओहरुको भर्चुअल मिटिङमा निषेधाज्ञाकाे मोडालिटी फेरिने गरी छलफल हुनेछ। करिब दुई सातादेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो बनाउन सरकारले उपत्यकाका जिल्ला प्रशासन कार्यालय प्रमुखहरुलाई निर्देशन दिएको छ। लामो समयदेखि निषेधाज्ञा जारी भएकाले मानिसको दैनिकी कष्टकर बन्दै गएपछि केही खुकुलो बनाएर अघि बढ्न सरकारले निर्देशन दिइएको हो।

    काठमाडौं उपत्यकाभित्रका तीनवटै प्रमुख जिल्ला अधिकारीको बैठकले थप गरेको निषधाज्ञाको पछिल्लो समय भोलि (भदौ १७) गते राति १२ बजेबाट सकिँदैछ। अब थप गर्ने निषेधाज्ञामा निजी सवारी साधनलाई जोर बिजोर प्रणालीका आधारमा संचालन गर्दा हुनेभए संचालन गर्न समेत स्थानीय प्रशासनलाई निर्देशन दिइएको छ। तर, यसरी जोरबिजोर आधारमा सवारी चलाउने विषयमा भने तीन जिल्लाका प्रमुखबीच छलफल भइसकेको छैन।



    अब थप गर्ने निषेधाज्ञामा निर्माण सामाग्री बोक्ने सवारी साधनहरुलाई समेत संचालन गर्न दिने अनौपचारिक छलफल भइसकेको छ। त्यस्तै, अत्यावश्यक सामाग्री खरीद गर्न दिइएको समयलाई पनि थप गर्ने तयारी भइरहेको छ।



    काठमाडौं उपत्यकाभित्र संक्रमण फैलिने दर बढ्दै गएपछि काठमाडौं उपत्यकाभित्रका तीन जिल्ला प्रमुखहरुको बैठकले भदौ ३ गते राती १२ बजेबाट लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको थियो। पहिलो पटकको निषेधाज्ञाको समय सकिएपछि पछिल्लो पटक भदौ १७ गते राति १२ बजेसम्मलाई थप गरिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार