Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • धाँधलीरहित निर्वाचन गराउन सके भ्रष्टाचार नियन्त्रण हुन्छः पूर्वराष्ट्रपति यादव

    धाँधलीरहित निर्वाचन गराउन सके भ्रष्टाचार नियन्त्रण हुन्छः पूर्वराष्ट्रपति यादव

    अनलाइन नेपाल
  • आइतबार, २८ भाद्र २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित गराउन सके भ्रष्टाचार नियन्त्रणमा त्यसले सघाउ पुग्ने बताएका छन् ।

    अमेरिकामा रहेको अमेरिका–नेपाल नीति अनुसन्धान केन्द्रको पाँचौँ वार्षिक सम्मेलनका अवसरमा शनिबार अनलाइनमार्फत पूर्वराष्ट्रपति डा. यादवले निर्वाचनको निष्पक्षतासँग प्रजातान्त्रिक विधि गाँसिएको बताए । उनले निर्वाचन प्रक्रियामा सुधारको आवश्यकता औँल्याउँदै निर्वाचनप्रति गम्भीर बन्न सम्बन्धित सबैमा आग्रह गरे ।



    नेपालको संविधानमा लेखिएका विषयहरुमा ज्यान भर्ने र देश तथा जनताको हितमा काम गर्ने जिम्मेवारी दलहरूको भएको बताउँदै उनले नेपाललाई बलियो र समृद्ध बनाउन तथा नेपालको प्रजातान्त्रिक प्रणालीलाई सुधार गर्दै लैजान देशबाहिर रहेका नेपालीहरुले रचनात्मक सहयोग गर्नुपर्नेमा जोड दिए ।



    पूर्व राष्ट्रपति डा. यादवले पटकपटक सुशासनको चर्चा गरिए पनि यसका लागि आधार बनाउन चुकिएको भन्दै जनताको हक अधिकारको रक्षा र जनजीविकाको सवालमा राज्य र दलहरू गम्भीर बन्नुपर्नेमा जोड दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार