Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • पहिरोमा परि स्याङ्जामा दुई जनाको मृत्यु, खोजी र उद्धारमा प्रहरी सक्रिय

    पहिरोमा परि स्याङ्जामा दुई जनाको मृत्यु, खोजी र उद्धारमा प्रहरी सक्रिय

    अनलाइन नेपाल
  • बिहिबार, ८ असोज २०७७
  • 2.5K
    SHARES

    पोखरा ।अविरल वर्षासँगै आएको पहिरोमा परि स्याङ्जामा दुई जनाको मृत्यु भएको छ । कालिगण्डकी गाउँपालिका वडा नं.४ मा पहिरोले दुई घर पुरिएको र एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    बालिङ नगरपालिका ९ कमादीमा गएको पहिरोमा परि एक जनाको मृत्यु भएको छ भने नौ जना हराईरहेका छन् । पहिरोमा परि हराएकाहरुको खोजी र उद्धारका लागि  प्रहरीको टोली परिचालन गरिसकेको सकिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी होमिन्द्र वोगटीले जानकारी दिए।





    जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार आज बिहान वालिङ बस्ने माया नेपालीको घरमाथिबाट पहिरो आई घर र गोठ पुरिएको सुचना प्राप्त हुन साथ तत्काल वप्रका वालिङ स्याङ्जाबाट इन्स्पेक्टर हरी प्रसाद पौडेलको कमाण्डमा ११ जना र नं ३० गुल्म हेकुवा वालिङबाट सप्रनाउ मोहन न्यौपानेकोको कमाण्डमा ११ जनाको टोली नगरपालिकाको डोजर सहित उक्त स्थानमापुगेर १ जनाको जिवितै उद्दार गरी उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र वालिङपठाइएको छ। त्यस्तै एक जनाको अबस्था गम्भिर र एक जना मृत अवस्थामा फेला परेका छन्।

    अजा बिहानै स्याङजा कालिगण्डकिस्थित बाबुराम दमाई र जगत ब. दमाईको घर माथिबाट पहिरो झरी दुवै घर पुर्ण रुपमा क्षति भएको छ । घर भित्र बाबुराम दमाईको छोरा बर्ष १६ को बिष्णु दमाई पुरीएको भन्ने  सुचना प्राप्त हुन साथ तत्काल उक्त स्थानमाप्रहरी टोली खटिई गई प्रहरी र स्थानिय मिलि उद्दार कार्य गरिएको छ । पहिरो परि बिष्णु दमाई मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार