Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • रेल र पानीजहाजका कुरा पूरा हुँदै गएको ओलीको दाबी

    रेल र पानीजहाजका कुरा पूरा हुँदै गएको ओलीको दाबी

    अनलाइन नेपाल
  • बुधबार, १४ असोज २०७७
  • 2.7K
    SHARES

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका राम्रा काम नदेखेको र विरोध मात्रै गरेको भन्दै  सञ्चारमाध्यमको आलोचना गरेका छन् ।

    सरकारी निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारको आलोचना मात्रै गरेको भन्दै सञ्चारमाध्यमप्रति असन्तुष्टि पोखे ।



    आफूले भनेका कुरालाई सञ्चारमाध्यम र केही नेताहरूले गलत रूपमा लिने गरेकोप्रति प्रधानमन्त्री ओलीले आपत्ति जनाए।



    सञ्चार क्षेत्रलाई केही भन्यो भने आफूविरुद्ध लाग्ने गरेको पनि प्रधानमन्त्रीको भनाइ थियो । सञ्चारमाध्यमले सरकारलाई दिनहुँ गाली गर्दा सहनुपर्ने तर सञ्चार माध्यमलाई आफूले एकपटक सुझाव दिँदा सहन्न भन्ने प्रवृत्ति सम्पादकहरूमा देखिएको उनले बताए । सञ्चारमाध्यमको निगाह एकातिर र निशाना अर्कैतिरु हुन नहुने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

    अहिले सरकारले गल्ती नगर्दा पनि सञ्चारमाध्यमलाई गल्ती भएको भ्रम हुने गरेको प्रधानमन्त्री ओलीको भनाइ थियो । उनले सरकारले सही ढंगले सूचना सम्प्रेषण नसक्दा कतिपय तत्वले भ्रम सिर्जना गरेका हुनसक्ने भन्दै समाचार सम्प्रेषणमा सचेतता अपनाउनुपर्ने बताए । प्रधानमन्त्री ओलीले सञ्चारमाध्यमले सही समाचार दिँदा जनताको विश्वास बढ्ने बताए । उनले मिडियाले उत्पादन, कृषि, समृद्धिका समाचारलाई प्रामथिकताका साथ प्रसारण गर्नुपर्ने सुझाव दिएका थिए ।

    ओलीले आफू ‘म्यान अफ एक्सन’ भएको भन्दै  विगतमा गरेका रेल, पानीजहाज लगायतका कुरा पूरा हुँदै गएको दाबी गरे । उनले कागजका डुंगा बालुवाटारअगाडि ल्याएर आफ्नो खिल्ली उडाएको पनि स्मरण गराएका थिए ।

    त्यसैगरी, विज्ञापन बोर्डको गठन छिट्टै हुने ओलीले प्रतिबद्धता जनाएका छन् । बोर्ड गठन नहुँदासम्म अन्य कुनै सरकारी संयन्त्रबाट विज्ञापन बजारको नियमन गरिने गरिने पनि उनको भनाइ थियो ।

    प्रधानमन्त्री ओलीले कोरोना भाइरसका कारण ठूल्ठूला अर्थतन्त्र तहसनहस हुँदा पनि नेपालको अर्थतन्त्र त्यति तल नपुगेको दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार