Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • विप्लव समुहलाई वार्तामा आउन ओलीको आग्रह

    विप्लव समुहलाई वार्तामा आउन ओलीको आग्रह

    अनलाइन नेपाल
  • शुक्रबार, १६ असोज २०७७
  • 3K
    SHARES

    काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिवन्धित विप्लव समुहतर्फ संकेत गर्दै वार्तामा आउन आग्रह गरेका छन् । उनले  विप्लव समुहको नाम नलिकनै प्रधानमन्त्री ओलीले सबै द्वन्द्वरत पक्षसँग सरकार वार्तामा बस्न तयार रहेको बताएका हुन् ।

    शुक्रबार मानव अधिकार तथा सामाजिक अभियान नेपाल घोषणासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान संशोधनको विषयलाई लहडको विषय नबनाउन पनि आग्रह गरे ।



    प्रधानमन्त्री  ओलीले भने, ‘अनावाश्यक असमझदारी र द्वन्द्वतर्फका प्रयासका कुराहरुलाई छाडौ । शान्तिका प्रयासलाई अगाडि बढाउन संवादको बाटोबाट हामी अगाडी बढाउन सक्छौँ । समस्या समाधान गर्न सक्छौँ । बसेर कुरा गरेर टुङ्ग्याउन सक्छौँ। सरकार सबैसँग मिलेर सकारात्मक नियत र नीतिका साथ चल्न तत्पर हुने सबैसँग मिलेर अगाडि बढ्न तयार छ,’ प्रधानमन्त्री ओलीले भने।



    प्रधानमन्त्री ओलीले थप भने,  ‘कुनै संगठित समुहहले कमजोर नागरिकहरुका अधिकारहरु हनन गर्ने, त्रसित गर्ने, जीउ धनमा खतरा पुर्याउने, काम गर्न बाध्य बनाउने कुराले मानवअधिकारको पालना हुँदैन । राज्य आफै यस्ता कुरामा सचेत र प्रतिबद्ध हुनुपर्छ । मानवअधिकारको उल्लङ्घन हुन नदिने र सरकार सजग छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार