Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • ४ महिलासहित ११ काेराेना संक्रमितकाे मृत्यु, मृतककाे संख्या ५२० पुग्याे

    ४ महिलासहित ११ काेराेना संक्रमितकाे मृत्यु, मृतककाे संख्या ५२० पुग्याे

    अनलाइन नेपाल
  • शुक्रबार, १६ असोज २०७७
  • 2.1K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु भएको छ ।

    यासँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ५२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    आज मृत्यु हुनेमध्ये ७ जना पुरुष र ४ जना महिला रहेका छन् । यो कुल संक्रमितको ० दशमलव ६५ प्रतिशत हो ।



    यस्तै नेपालमा आज अहिले सम्मकै बढी २ हजार ७२२ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ८२ हजार ४५० पुगेको मन्त्रालयले जनाएकाे छ ।

    आजकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर २ हजार ७२२ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए ।

    यस्तै बितेको २४ घण्टामा ३ हजार ३०७ जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् । याेसँगै हालसम्म निको हुनेको कुल संख्या ६० हजार ६९६ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या २१ हजार २३४ रहेको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । याेसँगै देशभर कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ५२० पुगेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार