Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • नेकपा प्रवक्ता श्रेष्ठले भने- पार्टी एकतामा सक्रिय पहल गरौं

    नेकपा प्रवक्ता श्रेष्ठले भने- पार्टी एकतामा सक्रिय पहल गरौं

    अनलाइन नेपाल
  • सोमबार, १७ कार्तिक २०७७
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बिभाजनको संघारमा पुगेको बेला पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकतामा सक्रिय पहल गर्न अपिल गरेका छन्।

    एकताको पक्षमा दृढतापूर्वक उभिन र आ–आफ्नो ठाउँबाट एकता रक्षाका निम्ति सक्रिय पहल गर्न उनले अपिल गरेका हुन् ।



    पार्टी फुट कदापि उचित र सही हुन नसक्ने बताउँदै उनले फुट र फुटजन्य कृयाकलाप राष्ट्र एवं कम्युनिष्ट आन्दोलनको आवश्यकता, आम कार्यकर्ता तथा शुभेच्छुकहरुको चाहना र जनादेशविरुद्ध हुने उल्लेख गरेका छन् ।



    नेता श्रेष्ठले सामाजिक सन्जाल फेसबुकमा लेखेका छन्, ‘देश, जनता, श्रमजीवी वर्ग र पार्टी तथा आन्दोलनलाई केन्द्रमा राखेर सोचौं र सकारात्मक निष्कर्ष निकालौं । जान वा अन्जानमा देशी र विदेशी प्रतिकृयावादी शक्तिहरुको चाहाना पूरा गर्ने कार्य कसैबाट हुन नजाओस्, सबैले समयमै सोचौ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार