Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • घुस काण्डले प्रहरीका दुई एसपी र एक इन्सपेक्टर निलम्बित

    घुस काण्डले प्रहरीका दुई एसपी र एक इन्सपेक्टर निलम्बित

    अनलाइन नेपाल
  • बुधबार, १७ मंसिर २०७७
  • 4.6K
    SHARES

    काठमाडौं। नेपाल प्रहरीभित्र शुद्धीकरण अभियान अभियान शुरु भएको छ।

    गृह मन्त्रालयले घुस काण्डमा मुछिएका नेपाल प्रहरीका दुई प्रहरी उपरीक्षक (एसपी) र एक जना इन्सपेक्टरलाई निलम्बन गरेको छ ।



    ट्राफिक कार्यालयमा रहँदा अनियमिता गरेको पुस्टि भएपछि उनीहरुलाई गृह मन्त्रालयले निलम्बन गरेको हो ।



    प्रहरी प्रधान कार्यालयको सिफारिसमा एसपीद्वय विमल बस्नेत र रामेश्वर प्रसाद यादव तथा इन्सपेक्टर मेघराज चौरसियालाईगृहले निलम्बन गरेको प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले बताए  ।

    निलम्बन गरेर उनीहरुमाथि विभागीय कारबाही गर्न लागिएको छ । आफु मातहतकै प्रहरी कार्यालयहरुबाट मासिक रुपमा पैसा उठाएको पुष्टि भएपछि प्रहरी प्रधान कार्यालयले कारबाही प्रक्रिया अघि बढाएको थियो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार