Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सेवाग्राहीसँग रकम लिने चार प्रहरी निलम्बित

    सेवाग्राहीसँग रकम लिने चार प्रहरी निलम्बित

    अनलाइन नेपाल
  • बुधबार, १४ साउन २०७७
  • 4.4K
    SHARES

    काठमाडौं । वागमती प्रदेश प्रहरी कार्यालयले चारजना प्रहरी कर्मचारीलाई निलम्बन गरेको छ ।

    प्रदेश प्रहरी कार्यालयबाट खटिएको विषेश टोलीले सेवाग्राहीसँग रकम लिँदै गरेको अवस्थामा सोमबार पक्राउ गरिएका ईलाका प्रहरी कार्यालय रामनगरमा कार्यरत हवल्दार प्रकाश जैसी, प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरमा कार्यरत जवान योगेन्द्र कुमार मल्ल, ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरमा कार्यरत जवान अजय महत्तो र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरमा कार्यरत जवान लक्षमण कुमार महत्तोलाई बुधबार निलम्बन गरिएको हो ।



    प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर, जिल्ला प्रहरी कार्यालय मकवानपुर र चितवनमा कार्यरत ४ जना प्रहरी कर्मचारीहरुलाई सवारी चालकसँग विभिन्न बहानामा रकम लिएको भेटिएको थियो ।



    उनीहरुको सम्बन्धमा थप छानबिन गर्न हाललाई निलम्बन गरिएको जनाइएको छ। निलम्बित प्रहरीमाथि छानबिन गर्न प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रहरी नायव उपरीक्षक बिज्ञान बस्नेतको संयोजकत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार