Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • थप १०९६ जनामा काेराेना संक्रमण, संक्रमितकाे संख्या २ लाख ४० हजार ९८१ पुग्याे

    थप १०९६ जनामा काेराेना संक्रमण, संक्रमितकाे संख्या २ लाख ४० हजार ९८१ पुग्याे

    अनलाइन नेपाल
  • आइतबार, २१ मंसिर २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । नेपालमा आज थप १ हजार ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४० हजार ९८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    यस्तै बितेको २४ घण्टामा १ हजार ७५२ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।



    योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख २५ हजार ८०५ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ५८२ रहेको छ ।

    नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना संक्रमितकाे मृत्यु भएको छ ।

    याेसँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ५ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

    यस्तै हिजाे नेपालमा १ हजार २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियाे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार