Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • कस्तुरीको विनासहित रूपन्देहीबाट ३ जना पक्राउ

    कस्तुरीको विनासहित रूपन्देहीबाट ३ जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २२ मंसिर २०७७
  • 3.7K
    SHARES

    रूपन्देही । रुपन्देहीमा कस्तुरीको विनासहित तीनजना पक्राउ परेका छन् ।

    रूपन्देहीकाे देवदह नगरपालिका-१० भलुहीबाट एकथान कस्तुरीको विनासहित तीनजना पक्राउ परेका हुन् ।



    पक्राउ पर्नेमा भलुहीका टेकबहादुर बिकको घरमा शंकास्पद रुपमा बसेका अर्घाखाँची छत्रदेव गाउँपालिका-२ का सुकुरदिन मिया, बाग्लुङ नगरपालिका-६ का रमेश विक र बुटवल-११ बस्ने दीपक विश्वकर्मा रहेका रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले जानकारी दिए ।



    उनीहरुको साथबाट कस्तुरीको खैरो रौंकाे ६१.४० ग्राम विनासमेत फेला परेको प्रहरीले जनाएकाे छ । यसबाेर थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार