Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • दरबारमार्गमा जुवा खेल्दै गरेका दुई महिलासहित ८ जना पक्राउ

    दरबारमार्गमा जुवा खेल्दै गरेका दुई महिलासहित ८ जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ३ पुष २०७७
  • 3.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । दरबारमार्गस्थित लाउन्जबारमा जुवा खेल्ने दुई महिलासहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा लाउन्जका शेयरधनी प्रकाश लामा, अजय लामा, सुमन घिमिरे, कल्याण कार्की, सूर्य लामा, कमल ज्ञवाली, रञ्जना ढकाल र ओममाया गुरुङ रहेका छन् ।



    जयनेपाल हलसँगै रहेको वानवेक लाउन्जबारबाट उनीहरूलाई महानगरीय प्रहरी वृत दरबारमार्गबाट खटिएको टोलीले पक्राउ गरेको हो ।



    जुवाखालबाट ५ लाख १८ हजार बरामद गरिएको महानगरीय प्रहरी वृत दरबारमार्गका डिएसपी रामेश्वर पौडेलले बताए । उनीहरुलाई जुवा मुद्दामा अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार