Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • प्रधानमन्त्री ओलीले संविधानको धज्जी उडाए : बाबुराम भट्टराई

    प्रधानमन्त्री ओलीले संविधानको धज्जी उडाए : बाबुराम भट्टराई

    अनलाइन नेपाल
  • आइतबार, ५ पुष २०७७
  • 2K
    SHARES

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको प्रावधानविपरित संसद् विघटनको प्रस्ताव गरेको बताएका छन् ।

    एक भिडियो सन्देश जारी गर्दै भट्टराईले भनेका छन्, ‘यसले संविधानसभाबाट हामीले ल्याएको सुधारिएको प्रणालीको धज्जी उडाएको छ । यो लोकतन्त्रको मर्म विपरित छ, संविधानको प्रावधान विपरित छ । नेकपाको दुई तिहाईको बहुमतको सरकार नजिक बन्दा पनि जुन ढंगको गैरजिम्मेवारपूर्ण हर्कत प्रधानमन्त्रीबाट भएको छ, यो लोकतन्त्रको हितमा छैन ।’ उनले सबैतिरबाट ओलीको यस कदमको प्रतिवाद गर्न आह्वान गरेका छन् ।



    यसले संविधानसभाबाट ल्याएको सुधारिएको प्रणालीको पनि धज्जी उडाएको भट्टराईले बताए । उनले अघि भने, यो लोकतन्त्रको मर्म विपरीत छ, संविधानको प्रावधान विपरित छ ।’
    दुई तिहाई नजिक बहुमत पाएको नेकपाका प्रधानमन्त्रीबाट गैर जिम्मेवारपूर्ण हर्कत भएको भन्दै उनले भने, ‘यो लोकतन्त्रको हितमा छैन । यसको सबैतिरबाट प्रतिवाद गरिनुपर्छ ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार