Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • थप ७२२ जनामा काेराेना संक्रमण, नेपालमा संक्रमितकाे संख्या २ लाख ५५ हजार नाघ्याे

    थप ७२२ जनामा काेराेना संक्रमण, नेपालमा संक्रमितकाे संख्या २ लाख ५५ हजार नाघ्याे

    २ लाख ४५ हजार ७०९ जना काेराेना संक्रमण मुक्त

    अनलाइन नेपाल
  • मंगलबार, ७ पुष २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । नेपालमा आज थप ७२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५५ हजार २३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै बितेको २४ घण्टामा ९६६ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ४५ हजार ७०९ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ७२९ रहेको छ ।



    नेपालमा पछिल्लो २४ घण्टामा थप ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । याेसँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ७ सय ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार