Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • प्रधानमन्त्री ओलीलाई भेटे गृहमन्त्री थापा

    प्रधानमन्त्री ओलीलाई भेटे गृहमन्त्री थापा

    अनलाइन नेपाल
  • बुधबार, ८ पुष २०७७
  • 3.4K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीसँग गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भेटघाट गरेका छन्। गृहमन्त्री बादल बालुवाटार गएर प्रधानमन्त्री ओलीसँग भेटघाट गरेका हुन्।

    संसद विघटन र मध्यावधि निर्वाचनको घोषणापछि उत्पन्न परिस्थितिपछि ओली वा प्रचण्ड–माधव नेपालमध्ये कुनै समूहमा नदेखिएका थापाले बुधबार ओलीलाई भेटेका हुन् ।



    बादल पक्षका नेताहरुले गृहमन्त्री थापालाई नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई साथ दिन दबाब दिइरहेका छन् भने उनले कुनै निर्णय गरिसकेका छैनन् ।



    पुल्चोकस्थित मन्त्री क्वार्टरमा पुगेर मंगलबार बिहान प्रचण्डले बादललाई भेट्दै आफूलाई साथ दिन आग्रह गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार