Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • संसद बिघटन प्रकरण

    १७ पटकसम्म प्रचण्डले प्रधानमन्त्रीमा धोका दिएका पौडेल राष्ट्रपतिको लोभमा फस्दै

    १७ पटकसम्म प्रचण्डले प्रधानमन्त्रीमा धोका दिएका पौडेल राष्ट्रपतिको लोभमा फस्दै

    अनलाइन नेपाल
  • बिहिबार, ९ पुष २०७७
  • 3.1K
    SHARES

    राजेन्द्र गौतम/ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीभित्रको घर झगडा नेपाली कांग्रेसमा पनि सल्किने हो भन्ने आशंकाहरू पैदा भएका छन् ।

    वरिष्ठ नेता रामचन्द्र पौडेललाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सुटुक्क भेटेर राष्ट्रपति पदको लोभ देखाएपछि राजनीतिले नयाँ मोड लिएको छ ।



    पौडेल निर्वाचनमा जान नहुने अभिव्यक्ति दिएर चर्चामा आएका छन् । कांग्रेस निर्वाचनमा सहभागी भएन भने त्यसको सिधा फाइदा प्रचण्ड र नेपाल समूहलाई हुन्छ । पौडेलले प्रचण्ड–नेपाल समूहको मागअनुसार संसद पुनस्र्थापनाको माग गरिरहेका छन् ।



    प्रचण्ड–नेपालले पौडेललाई राष्ट्रपतिको लोभ देखाइदिएका छन् । संसद पुनस्र्थापना भयो भने प्रधानमन्त्री केपी ओलीलाई हटाएर प्रचण्ड प्रधानमन्त्री बन्नेछन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग प्रस्ताव दर्ता गराएर हटाइनेछ ।

    त्यसपछि राष्ट्रपति पौडेललाई बनाउने भनेर प्रचण्ड–नेपालले जाल फालेका छन् । प्रचण्ड–नेपालको योजनामा पौडेल मख्ख परेर निर्वाचनभन्दा पनि संसद पुनस्र्थपनाको मागमा देखिएका छन् ।

    पौडेल १७ पटकसम्म प्रचण्डका कारण प्रधानमन्त्रीमा पराजत भइसकेका छन् । प्रचण्डले चाहेको भए त्यस बेला नै पौडेललाई प्रधानमन्त्री बनाउने थिए । तर, बनाएनन् । पौडेल मात्रै होइन । प्रचण्डले गिरिजाप्रसाद कोइरालालाई पनि राष्ट्रपति बनाउने आश्वासन दिएर ब्याक भएका थिए ।

    प्रचण्डकै कारण गिरिजाप्रसाद कोइराला राष्ट्रपति हुन पाएनन् । अहिले प्रचण्डले नै सार्वजनिक कार्यक्रमहरूमा गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउँन साथ नदिनु ठूलो भुल थियो भन्दै आएका छन् । गिरिजाप्रसाद कोइरालालाई धोका दिने प्रचण्डले कांग्रेसका नेता पौडेललाई सहज रुपमा राष्ट्रपति दिन्छन् भन्ने लाग्दैन ।

    केपी ओलीसँग विवाद गरेर पार्टीनै विभाजित गरेका प्रचण्डले चाहेको भए नेकपा फुट्ने थिएन । सचिवालयको बैठकमा प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदन फिर्ता लिएको भए नेकपाको विवाद अन्त्य हुन्थ्यो । तर, प्रचण्डले विवाद समाधान गर्नेभन्दा पनि अर्को पार्टी बनाएर ओलीलाई सिध्याउने योजनामै लागे ।

    ओलीलाई सिध्याउन यो हर्कतसम्म गर्ने प्रचण्ड र नेपाललाई पौडेलले किन यति धेरै विश्वास गरेर पछाडि लागेका हुन् बुझ्न सकिएको छैन ।
    सभापति शेरबहादुर देउवासहित कांग्रेसका बहुमत नेता कार्यकर्ताहरू निर्वाचनमा जाने पक्षमा छन् ।

    निर्वाचनबाट नयाँ जनादेश ल्याएर सरकारमा जाने योजनामा कांग्रेसका सभापति देउवा छन् । देउवाको रणनीति थाहा पाएका पौडेलले किन आफूलाई निर्वाचनबाट टाढा भगाइरहेका छन् ? खुल्न सकेको छैन । आफ्ना अभिव्यक्तिहरूलाई पौडेलले निर्वाचन विरोधी कार्यमा खर्च गरिरहेका छन् ।

    प्रचण्ड–नेपालको चक्करमा लागेर पौडेलले आत्मघाती कार्य गर्न नहुने कांग्रेसका नेताहरूको भनाइ छ ।

    प्रचण्ड–नेपालले पौडेललाई राष्ट्रपति दिन सकिएन भने निर्वाचन गर्ने बेला प्रधानमन्त्री बनाउने आश्वासन दिएको भनेर चर्चा समेत शुरु भएको छ ।

    कांग्रेस नेता पौडेलको पछिल्ला गतिविधिहरूबाट कांग्रेसलाई झन् कमजोर बनाउने खेल त भएको छैन ? भनेर आशंकाहरू उत्पन्न भएका छन् ।

    अहिले कम्युनिस्टहरूविरुद्ध जनमत छ । यो जनमतलाई प्रयोग गरेर कांग्रेस निर्वाचनमा जानुनै सबैभन्दा उत्तम बिकल्प रहेको नेताहरूले बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार