Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • प्रचण्डमाथि गम्भीर आराेप लगाउँदै बालकृष्ण लागे ओलीतिर

    प्रचण्डमाथि गम्भीर आराेप लगाउँदै बालकृष्ण लागे ओलीतिर

    अनलाइन नेपाल
  • बिहिबार, १६ पुष २०७७
  • 3.4K
    SHARES

    काठमाडौं । माओवादी जनयुद्धका योद्धा तथा पहिलो संविधानसभाका सदस्य बालकृष्ण ढुंगेल पार्टी विभाजनपछि केपी ओली नेतृत्वको नेकपामा लागेका छन् ।

    उनी रामवहादुर थापा बादल, टोपवहादुर रायमाझी र लेखराज भट्टको समूहबाट अहिले ओली पक्षमा पूर्व माओवादी पंक्तिको संख्या बढाउन क्रियाशील भएका छन् ।



    ढुंगेल आफूमात्र होइन देशभरका पूर्व माओवादी लडाकुहरुको टिम बनाएर ओली पक्षमा खुलाउने दौडधूपमा खटिएका छन् ।



    नेपाल कम्युनिष्ट पार्टी विभाजन भएपश्चात वर्षौंसम्म प्रचण्डलाइ साथ दिएका बालकृष्ण अब भने उनकाे साथ छाडेका छन्।

    प्रचण्डले चालेका कदमलाई उनले संक्षिप्तमा बेठीक, अबैज्ञानिक र अराष्ट्रवादी भनेर टिप्पणी गरेका छन् ।

    ढुंगेलले भने– प्रचण्डले लिएको पछिल्लो जति पनि घटनाक्रम छन्, ती बेठिक, अवैज्ञानिक र अराष्ट्रवादी छन् त्यसैले मैले उहाँको साथ छाडेँ ।

    पार्टीको उच्च नेतृत्वमै रहेका रामबहादुर थापा, टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह, कमल चौलागाईलगायतले प्रचण्डको साथ छाडेर ओलीतिर लागेका छन् । यसै मेसोमा ढुंगेल पनि ओली पक्षतिरै लागेका हुन् ।

    ढुंगेल नेकपा ओली पक्षले हालै विस्तार गरेको महाधिवेशन आयोजक कमिटीका सदस्य बनेका छन् ।

    सर्वस्वसहित जन्मकैदको सजाय भोकेर सरकारको सिफारिसमा बाँकी कैद मिनाह पाइ छुटेका हुन् बालकृष्ण।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार