Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका तीन सांसद पछि हटे

    मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका तीन सांसद पछि हटे

    अनलाइन नेपाल
  • आइतबार, १९ पुष २०७७
  • 2.4K
    SHARES

    काठमाडौ । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका तीन सांसद पछि हटेका छन् । 

    संसदिय दलको नेता र मुख्यमन्त्रीको उम्मेदवारका रुपमा प्रस्ताब गरिएका अष्टलक्ष्मी शाक्यको समर्थन देखिएका तीन सासदहरु काठमाडौं–७ ‘ख’बाट निर्वाचित प्रकाश श्रेष्ठ, काठमाडौं–१० ‘ख’की रमा आलेमगर र चितवन–३ ‘क’का कृष्ण भुर्तेलले हस्ताक्षर फिर्ता लिँदै पछि हटेका हुन् ।



    नेकपाको प्रचण्ड-नेपाल समुहले गतसाता मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध नेकपाका प्रदेशसभाका ४५ सदस्यको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गराएको थियो । नेकपाको कुल ८० सांसद रहेको वागमती प्रदेशसभामा अब प्रचण्ड-नेपाल पक्षमा ४२ सांसद र ओली पक्षमा ३८ सांसद देखिएका छन् ।



    ओली निकट सांसदका अनुसार एक दुइृ दिनभित्र अन्य केही सांसदहरले पनि हस्ताक्षर फिर्ता लिने तयारी भै रहेको छ । यहि अबस्थमा मुख्यमन्त्री पौडेल बिरुद्धको अबिश्वासको प्रस्ताब पारित गर्न प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको मत निर्णायक बन्ने अबस्था रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार