Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सरकार ढाल्ने रणनीतिमा धक्का : कर्णालीका सामाजिक विकास मन्त्रीले छाडे ओली पक्ष

    सरकार ढाल्ने रणनीतिमा धक्का : कर्णालीका सामाजिक विकास मन्त्रीले छाडे ओली पक्ष

    अनलाइन नेपाल
  • सोमबार, २० पुष २०७७
  • 2.4K
    SHARES

    फाइल फोटो

    काठमाडाैँ । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल र जुम्लाका सांसद पदमबहादुर रोकायाले केपी ओलीलाई छाडेर प्रचण्ड–माधव नेपाल पक्षतिर लागेका छन् ।

    उनीहरुको यो निर्णयबाट ४० सदस्सीय प्रदेशसभामा प्रचण्ड–नेपाल पक्षका सांसदको संख्या २१ पुगेको छ ।



    यही अवस्थामा अविश्वास प्रस्ताव दर्ता भइहाले काँग्रेस र राप्रपाको समर्थन हुँदा पनि पारित हुने अवस्था देखिँदैन ।



    कर्णालीमा ओली समूह प्रचण्ड–नेपाल पक्षका सांसदलाई आफूतिर तानेर काँग्रेस र राप्रपाको सहयोगमा सरकार ढाल्ने रणनीतिमा अघि बढेको देखिएको कान्तिपुर दैनिकमा खबर छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार