Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोना संक्रमण, २९६ जना डिस्चार्ज

    पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोना संक्रमण, २९६ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • बिहिबार, १५ माघ २०७७
  • 3.5K
    SHARES

    काठमाडौं । नेपालमा आज थप २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ५८८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    यस्तै बितेको २४ घण्टामा २९६ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ६५ हजार ३६५ पुगेको छ ।



    यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३ हजार २०३ रहेको छ ।

    नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको पनि मृत्यु भएको छैन । नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    यस्तै हिजो नेपालमा २८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार