Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • अमेरिकामा भेटियो अनौठो चरा ‘आधा भाले, आधा पोथी’

    अमेरिकामा भेटियो अनौठो चरा ‘आधा भाले, आधा पोथी’

    अनलाइन नेपाल
  • शुक्रबार, १४ फाल्गुन २०७७
  • 2.2K
    SHARES

    एजेन्सी । अमेरिकाको शहर पेन्सिल्भेनियामा एक पक्षीविद्ले आधा पोथी र आधा भालेजस्तो देखिने एउटा चराको तस्बिर खिचेका छन् ।

    उनकी एकजना साथीले नोर्दन कार्डिनल भनिने उक्त चरा देखा परेको बताएपछि पक्षीविद्ले आफ्नो क्यामरामा उक्त चराको तस्बिर लिएका थिए ।



    द्विलिङ्गी वा उभयलिङ्गी चराहरू दुर्लभ हुन्छन् । भाले कार्डिनलहरू चम्किलो रातो रङ्गका हुन्छन् भने पोथीहरू फिक्का खैरो रङ्गका हुन्छन् ।



    यी रङ्गको मिश्रणले चरा द्विलिङ्गी भएको सङ्केत गर्न सक्छ । अवकाशप्राप्त पक्षीविज्ञ जेमी हिलले भने, यो जीवनकालमै एउटा र लाखौँ साक्षात्कारमध्येको एउटा थियो ।

    हिलका साथीले उनलाई उनले एउटा अस्वाभाविक चरा देखेको बताएकी थिइन् ।

    सुरुमा हिलले उक्त चरा लूसिस्टिक होला भन्ठानेका थिए ।

    उनलाई सुरुमा उक्त चरा आधा भाले र आधा पोथी भएको जस्तो लागेको थिएन ।

    तर मोबाइलमा तस्बिरहरू हेरेपछि उनले उक्त चरालाई बाइल्याटरल गाइन्यान्ड्रोमर्फिजमु भएको हुन सक्ने आशङ्का गरेका थिए ।

    आधा भाले र आधा पोथीको रूप भएका चराहरू भेटिनु निकै दुर्लभ घटना भएको वेस्ट्रर्न इलनोई विश्वविद्यालयका प्राध्यापक ब्रायन पीयर बताउँछन् ।

    उनले अमेरिकाका नोर्दन कार्डिनल चराहरूमा बाइल्याटरल गाइन्यानन्ड्रोमर्फिजमुको सर्वेक्षण गरेका छन् ।

    प्राध्यापक पीरका अनुसार नोर्दन कार्डिनल उत्तरी अमेरिकामा जताजतै पाइने चरा हो ।

    यसको भाले र पोथीलाई सहजै चिन्न सकिने भएकाले उभयलिङ्गी चरा चिन्न पनि सजिलै सकिने उनको भनाइ छ । स्रोत: बिबिसी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार