Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • उकालो लाग्यो सुनको मूल्य

    उकालो लाग्यो सुनको मूल्य

    अनलाइन नेपाल
  • बुधबार, १९ फाल्गुन २०७७
  • 1.5K
    SHARES

    फाइल फाेटाे

    काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य पुन: उकालो लागेको छ । मंगलबार १ हजार ७ सयले ओरालो लागेको सुनको मूल्य बुधबार पुन: ५ सयले बढ्दै उकालो लागेको हो।

    नेपाल सुचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार तोलामा रु ८७ हजारमा कारोवार भएको छापावाला सुन आजका लागि भनेरु ८७ हजार ५०० मूल्य निर्धारण भएको छ ।



    यस्तै, तेजाबी सुन मङ्गलबार तोलामा रु ८६ हजार ५५० मा कारोवार भएकामा आज भने तोलामा रु ८७ हजार ५० मूल्य निर्धारण भएको छ ।



    यस्तै, चाँदी तोलामा नै २५ ले वृद्धि भएको छ । चाँदी प्रतितोला रु एक हजार २९० मा मङ्गलबार कारोवार भएकामा आजका लागि भने रु एक हजार ३१५ मूल्य निर्धारण भएको महासङ्घले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार