Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • चार सयले घट्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

    चार सयले घट्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

    अनलाइन नेपाल
  • शुक्रबार, १२ कार्तिक २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपालमा आज सुनको मूल्य प्रतितोला रु ४०० ले गिरावट भएको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार तोकिएकामा बिहीबार प्रतितोला रु ९२ हजार ४०० मा कारोबार भएको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ५०० रहेकामा बिहीबार प्रतितोला रु ९१ हजार ९००मा कारोबार भएकोे थियो ।



    यसैगरी, आज चाँदी बिहिबारको तुलनामा प्रतितोला रु पाँच घटेर रु एक हजार २४५ कायम भएको छ । चाँदी बिहीबार प्रतितोला रु एक हजार २५० मा कारोबार भएको थियो ।



    छापावाल सुन यो साताको मङ्गलबार अधिकतम रु ९२ हजार ६०० मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँ सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार