Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • पाँच सयले बढ्यो सुनको मुल्य, प्रतितोला कति पुग्यो ?

    पाँच सयले बढ्यो सुनको मुल्य, प्रतितोला कति पुग्यो ?

    अनलाइन नेपाल
  • मंगलबार, ३० कार्तिक २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रू ५०० ले बृद्धि भएर रू ९४ हजार ८०० कायम भएको छ । सोमबार सुन प्रतितोला रू ९४ हजार ३०० मा कारोबार भएको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू ९४ हजार ३०० रहेको छ । अघिल्लो दिन तेजाबी सुन प्रतितोला रू ९३ हजार ८०० तोकिएको थियो ।



    त्यस्तै आज चाँदीको मूल्य सोमबारका तुलनामा रू १० ले वृद्धी भएर रू एक हजार २९० कायम भएको महासङ्घले जनाएको छ ।  चाँदी शुक्रबार प्रतितोला रू एक हजार २८० मा कारोबार भएको थियो ।



    अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८६६ डलर आसपासमा कारोबार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार