Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • ‘विरामी अवस्थामा रहेको नेकपालाई चिकित्सकको खाँचो’

    ‘विरामी अवस्थामा रहेको नेकपालाई चिकित्सकको खाँचो’

    अनलाइन नेपाल
  • शुक्रबार, २१ फाल्गुन २०७७
  • 1.6K
    SHARES

    ताप्लेजुङ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुहका नेता तथा पुर्वमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले तुरुन्तै राजीनामा दिन आग्रह गरेका छन् ।

    शुक्रबार प्रेस संगठन नेपालले फुङलिङमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भट्टराईले प्रधानमन्त्री ओलीलाई राजिनामा दिएर पार्टी एकताको ढोका खोल्न आग्रह गरेका हुन् ।



    नेता भट्टराईले आफु एकताको पक्षमा रहेको बताउँदै उनले देश र जनताका लागि प्रचण्ड र माधब नेपाललाई समेत पदको मोह छाडेर पार्टी एकताको लागि अगाडि बढ्न आग्रह गरे ।



    पार्टी अहिले संक्रमणमा रहेको बताउँदै एकताको लागि देशैभरबाट कार्यकर्ताले आग्रह गरेको उनले बताए ।

    विरामी अवस्थामा रहेको नेकपालाई राम्रो चिकित्सक भए बचाउन सकिने भन्दै नेता भट्टराईले आगामी दिनमा पार्टी भित्र राम्रो चिकिस्सकको आवस्यकता रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार