Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • आठौं वर्षमा प्रवेश गरेसँगै विद्यार्थीहरुका लागि यस्तो छ चुकीको नयाँ प्याकेज

    आठौं वर्षमा प्रवेश गरेसँगै विद्यार्थीहरुका लागि यस्तो छ चुकीको नयाँ प्याकेज

    अनलाइन नेपाल
  • आइतबार, २३ फाल्गुन २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । कोरोनाको महामारीपछि पनि उच्च शिक्षाका लागि जापान जान चाहने नेपाली विद्यार्थीहरु लाइन लामै छ । जापान सरकारले हालसम्म विदेशी विद्यार्थीहरुलाई आफ्नो देशमा प्रवेशको स्वीकृती नदिएपनि अब भने चाँडै नै खुल्ला गर्ने भएको छ ।

    कोरोनाको महामारी केही हदसम्म कम भएपछि जापान सरकारले विभिन्न मापदण्ड पूरा गरी भिसा दिने तयारी गरेको हो । जापान सरकारले भिसा दिने तयारी गरेसँगै चुकी कन्सलटेन्सी एण्ड ल्याङ्वेज सेन्टरले पनि नेपाली विद्यार्थीलाई उच्च शिक्षाका लागि जापान पठाउने तयारी थालेको छ ।



    स्थापनाको आठौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा काठमाडौंको पुतलीसडका सञ्चलित चुकी कन्सलटेन्सी एण्ड ल्याङ्वेज सेन्टरले अनलाईन माध्यमबाट देशभर जाहाँ रहेका विद्यार्थीहरुलाई पनि भाषा कक्षा सञ्चालन गर्नेदेखि प्रोसेसिङको कामको थालनी गरेका चुकी कन्सलटेन्सी एण्ड ल्याङ्वेज सेन्टरका प्रवन्ध निर्देशक गौतम पुडासैनीले बताए । चुकीले जापानिज भाषाका ४ मुख्य कुराहरु स्पिकिङ (बोलाइ), लिस्निङ (सुनाइ ), रिडिङ (पढाइ) र राइटिङ (लेखाई) लाई समानुपातिक रुपले सिकाउँदै आएको छ ।



    एक वर्षअघि कोरोनाको महामारीसँगै रोकिएको जापान अध्ययन अब शुरु हुने भएको छ । जापानका कलेजमा ट्राभल एन्ड टुरिजम, होटल म्यानेजमेन्ट, कम्प्युटरसँग सम्बन्धित विषय, वेभ डिजाइनिङ, फेसन, ब्युटीसिएन आदि विषयमा नेपाली विद्यार्थीले अध्ययन गर्न पाउँछन् । जापान जानुअघि विद्यार्थीले नेपालमा जापानी भाषाको १ सय ५० घन्टा पढेको प्रमाणपत्र हुनुपर्छ । अन्य आवश्यकता भने जापानको कुन स्थान जाने हो त्यसमा भरपर्छ । कतिपय स्थानमा जान जापानी भाषाको टेस्ट उत्तीर्ण गर्नुपर्छ ।

    अध्ययनका लागि जापान जानु अघि विद्यार्थीहरुले पूरा गर्नुपर्ने प्रक्रिया, भिसा प्रोसेसिङ, जापान पुगिसकेपछि विद्यार्थीहरुले पाउने सेवा र सुविधा, काम गर्न पाउने समयलगायतका सम्पूर्ण विषयको जानकारीका लागि चुकीले गुणस्तरिय शैक्षिक परामर्शका साथसाथै भाषा कक्षा पनि सञ्चालन गरिरहेको छ ।

    चुकीका मार्केटिङ म्यानेजर राजेन्द्रराज गिरी भन्छन्–‘अध्ययनपश्चात वर्किङ भिसामा पनि काम गर्न पाइने र शिक्षासँगै कमाइ पनि हुने भएकाले जापान अहिले लोभलाग्दो शैक्षिक गन्तव्य बनेको हो । त्यसैले हामीले अहिले नेपाली विद्यार्थीहरुलाई जापान पठाउने काम गरिरहेका छौं ।’
    आठौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा चुकी कन्सलटेन्सी एण्ड ल्याङ्वेज सेन्टरले जापान बाहेक अष्ट्रेलिया, दुवई, यूकेलगायतका देशहरुमा पनि नेपाली विद्यार्थीहरुलाई पठाउने कार्यको थालनी गरेको छ । अब चुकीबाट गुणस्तरिय शैक्षिक परामर्श लिएर विद्यार्थीहरु अन्य देश पनि जान सक्ने गिरीले बताए ।

    चुकीका अन्य विशेषताहरु
    – विद्यार्थीहरुले चाहेको समयमा कक्षा सञ्चालन
    – बिद्यार्थीहरुको स्तर अनुसार सुरुवातदेखि एडभान्स सम्मका कक्षाहरु सञ्चालन
    – विद्यार्थीहरुको इच्छा अनुसार आफुले जान चाहेको कलेजहरुमा थप अध्ययनका लागि जान सकिने
    – छोटो अबधिको विशेष कोर्स
    – विगत लामो समयदेखि जापानमा अध्ययन गरेर आउनुभएका शिक्षकद्वारा अध्यापन गराइने
    – निशुल्क भाषा शिक्षण
    – भाषापरीक्षा बिनै पठाउन सकिने
    – जापान पुगिसकेपछि पार्ट टाईम जबको व्यवस्था
    – समूहमा आउनेलाई प्रोसेसिङ शुल्कमा सहुलियत
    – नर्सिङ पढेकाहरुलाई जापानको प्रतिष्ठित कम्पनीमा भाषा विद्यालय पश्चात कामको व्यवस्था
    – अनलाईन कक्षामा पढ्न चाहने विद्यार्थीहरूको लागि निःशुल्क इन्टरनेट डाटा प्रदान गरिने
    – जापान बाहेक अन्य देश जान चाहने विद्यार्थीहरुलाई पनि गुणस्तरिय शैक्षिक परामर्श प्रदान

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार