Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • एमालेका दुई समूहबीच कुटाकुट : इन्चार्ज रावल कि भट्ट ?

    एमालेका दुई समूहबीच कुटाकुट : इन्चार्ज रावल कि भट्ट ?

    अनलाइन नेपाल
  • बुधबार, २६ फाल्गुन २०७७
  • 2.4K
    SHARES

    धनगढी। नेकपा एमालेको सुदुरपश्चिम प्रदेश कार्यालय धनगढीमा नेम प्लेट हटाउने विषयमा दुई पक्षबीच कुटाकुट भएको छ ।

    बुधबार दिउँसो अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षका कार्यकर्ताबीच नेम प्लेट हटाउने विषयमा कुटाकुट भएको हो ।



    एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली पक्षका कार्यकर्ताले एमाले सुदुरपश्चिम ईन्चार्ज भीम रावलको नाम हटाएर लेखराज भट्टको नेमप्लेट राखेसँगै कुटाकुट भएको थियो ।
    बुधबार धनगढीस्थित प्रदेश पार्टी कार्यालयमा ओली पक्षले लेखराज भट्टको नेमप्लेट राखेको छ ।



    प्रदेश इन्चार्जको कार्यकक्षको ढोकामा राखेको नेमप्लेटमा यसअघि भीम रावलको नाम थियो ।

    यसअघि तत्कालीन नेकपा विभाजित भएको बेला ओली समूहले रावललाई प्रदेश इन्चार्जबाट हटाएर भट्टलाई उक्त जिम्मेवारी दिएको थियो ।

    सर्वोच्चको फैसलासँगै ब्युतिएँको एमालेको सुदुरपश्चिम कार्यालयमा प्रदेश इन्चार्ज रावल कि भट्ट भन्ने बिषयमा कार्यकर्ताहरुबीच नै विवाद भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार