Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • संक्रमण उच्च भएमा लकडाउन गर्ने स्वास्थ्य मन्त्रालयको तयारी

    संक्रमण उच्च भएमा लकडाउन गर्ने स्वास्थ्य मन्त्रालयको तयारी

    अनलाइन नेपाल
  • बुधबार, ११ चैत्र २०७७
  • 2.4K
    SHARES

    काठमाडौँ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या उच्च हुनगएमा संक्रमण रोक्नका लागि लकडाउन गर्नुपर्ने अवस्था आउनसक्ने बताएको छ ।

    बुधबार मन्त्रालयद्वारा आयोजित नियमित मिडिया ब्रिफिङमा सहप्रवक्ता डा समीरकुमार अधिकारीले मानिसहरुले अनावश्यक भिडभाड गर्नु, मास्क नलगाउनु, सामाजिक दुरी कायम नगर्नु, भेटघाट तथा गोष्ठी बढ्नुले संक्रमितको संख्या बढ्दै गएको बताए ।



    अधिकारीले भने, ‘लडकाउन गर्नु नेपाल सरकारको उद्देश्य होइन तर सरकारले परिस्थित अनुसार नीतिगत निर्णय गरेर संक्रमणको चक्र रोक्नुपर्ने हुन्छ र संक्रमणलाई भयावह रुपमा फैलिन नदिन सजग हुनुपर्छ ।’



    उनले आउँदै गरेको होली घरमै बसेर मनाउन र अनावश्यक भिडभाड नगर्न आग्रह गरेका छन् ।

    पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै नेपाल फर्किनेको भिडभाड बढेको देखिन्छ ।

    यसअघि नै मन्त्रालयले बिज्ञप्ति जारी गरेर स्वास्थ्य मापदण्ड पालाना गर्न आग्रह गरेको छ। साथै, आज गृहमन्त्रालयले पनि देशभरका सबै जिल्ला प्रशासनमा पत्राचार गरि क्वारेन्टिन र आइसोलेसन तयारी अवस्थामा राख्न निर्देशन दिएको छ।

    पछिल्ला केही दिनहरुमा १५० को हारहारीमा संक्रमित थपिदै गएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार