Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सरकारी कागजात कीर्ते गर्ने वकिल पक्राउ

    सरकारी कागजात कीर्ते गर्ने वकिल पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २४ चैत्र २०७७
  • 3.4K
    SHARES

    हेटौँटा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले सरकारी कागजात किर्ते गरेको आरोपमा एक जना वकिललाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायणका अधिवक्ता बद्रीप्रसाद पौडेल रहेका छन्।



    जिप्रका मकवानपुरले महानगरीय प्रहरी परिसर काठमाडौंसँग समन्वय गरेर अधिवक्ता पौडेललाई काठमाडौंबाट पक्राउ गरेको मकवानपुरका प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह सिंह राठौरले जानकरी दिए ।



    उनीविरुद्द हेटौंडा उप–महानगरपालिका–४ मा ९ कठ्ठा ३ धुर जग्गामा रहेको कम्पनीको शेयर किर्ते कागजात बनाएर बेचेको आरोप छ ।

    ०६६ मा पाँचजना शेयर सञ्चालकमध्ये मृत्यु भएका ४ जना भारतीयको नाममा रहेको शेयर फर्जी कागजात बनाएर बेचेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

    यसअघि पौडेलविरुद्द ०७५ सालमा जिल्ला अदालत मकवानपुरबाट उनको नाममा पक्राउ पुर्जी जारी भएको थियो ।

    पक्राउ पुर्जी आएपछि उनी फरार भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार