Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • एकै व्यक्तिलाई दोहोरो भत्ता दिने सचिवविरुद्द मुद्दा दायर

    एकै व्यक्तिलाई दोहोरो भत्ता दिने सचिवविरुद्द मुद्दा दायर

    अनलाइन नेपाल
  • बिहिबार, २६ चैत्र २०७७
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकै व्यक्तिको नाममा दोहोरो सामाजिक सुरक्षा भत्ता वितरण गरेको अभियोगमा दुई जना सचिवविरूद्ध मुद्दा दायर गरेको छ ।

    आयोगले महोत्तरी साबिक सिंग्याही गाविसका तत्कालीन सचिव विनोदकुमार सिंह र कार्यालय सहायक नारायण यादवविरूद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।



    उनीहरूविरूद्ध ६ लाख २९ हजार रुपैयाँ बिगो मागदाबी लिइएको अख्तियारले जनाएको छ ।



    आयोगका अनुसार उनीहरूले हिनामिना गरेकोमध्ये ६ लाख १५ हजार रुपैयाँ दाखिला भइसकेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

    सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको उजुरीमाथि अनुसन्धान गर्दा दुबैले बदनियतपूर्वक काम गरेको देखिएकाले उनीहरु उपर बिगो बाह्र लाख चवालीस हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम विशेष अदालत काठमाडौंमा मुद्दा दायर  गरिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार