Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • भारतमा बिहीबार थपिए दुई लाख १६ हजार संक्रमित

    भारतमा बिहीबार थपिए दुई लाख १६ हजार संक्रमित

    अनलाइन नेपाल
  • शुक्रबार, ३ बैशाख २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    एजेन्सी । भारतमा कोरोना भाइरसको संक्रमणले नयाँ रेकर्ड राखेको छ । बिहीबार एकैदिन भारतमा दुई लाख १६ हजार ९०२ जना कोरोनाबाट संक्रमित भएका छन्।

    कोरोना भाइरसको महामारी सुरू भएपछि पहिलो पटक भारतमा एकैदिन यति धेरै कोरोना संक्रमित थपिएका हुन्।



    एघार दिनअघि पहिलो पटक दैनिक संक्रमण एक लाख नाघेको थियो । त्यसपछि संक्रमितको संख्यामा वृद्धि हुँदै गएको छ । एकैदिन दुई लाखभन्दा बढी संक्रमित थपिने भारत संसारकै दोस्रो मुलुक हो।



    भारतभन्दा पहिला संयुक्त राज्य अमेरिकामा एकै दिन ३ लाखभन्दा बढी संक्रमित थपिएका थिए। भारतका १४ राज्यमा एकसाथ कोरोनाको संक्रमण बढ्दै गएको छ ।

    बिहीबार भारतमा कोरोनाबाट एक हजार १८४ संक्रमितले ज्यान गुमाएका छन्। भारतमा अहिलेसम्म एक करोड ४२ लाख मानिसमा संक्रमण भएको छ भने एक लाख ७४ हजारले ज्यान गुमाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार