Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • शिक्षा मन्त्रालयद्वारा दुई सिफ्टमा विद्यालय चलाउन आग्रह

    शिक्षा मन्त्रालयद्वारा दुई सिफ्टमा विद्यालय चलाउन आग्रह

    अनलाइन नेपाल
  • शुक्रबार, ३ बैशाख २०७८
  • 2.9K
    SHARES

    काठमाडौं । पछिल्लो समय कोरोना भाइरसको त्रास र संक्रमण बढेसँगै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आलोपालो अर्थात् सिफ्टमा विद्यालय सञ्चालन गर्न सरोकारवालालाई आग्रह गरेको छ ।

    आज मन्त्रालयले विज्ञप्ति जारी गर्दै स्वास्थ्य मापदण्डका सबै उपाय अङ्गीकार गरी विद्यालय चलाउन र सकेसम्म दुई सिफ्टमा विद्यालय चलाउन आग्रह गरेको हो ।



    मन्त्रालयले तत्कालका लागि परिस्थिति असहज रहेसम्म शिक्षण संस्थाभित्र सभा, समारोह, वार्षिक उत्सव जस्ता भीडभाड हुने कुनै पनि कार्यक्रमको आयोजना नगर्न र साथै विद्यालय सञ्चालन गर्दा मन्त्रालयवाट जारी भएको विद्यालय सञ्चालन सम्वन्धी कार्यढाँचा, २०७७ को अनुशरण गर्न समेत निर्देशन दिएको छ ।



    शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको बैठकमा मन्त्री श्रेष्ठले अहिलेको विषय परिस्थितिमा सबै विद्यालय स्वाथ्य मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार