Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • हनुमानढोकामा बलिसहितको पूजा दिएर चैते दशैं मनाइँदै

    हनुमानढोकामा बलिसहितको पूजा दिएर चैते दशैं मनाइँदै

    ५४ वटा बोका र ५४ वटा राँगाको बलि

    अनलाइन नेपाल
  • मंगलबार, ७ बैशाख २०७८
  • 4.1K
    SHARES

    फाइल तस्विर । स्रोत : गुगल

    काठमाडौं । आज चैत्रशुक्ल अष्टमी अर्थात चैते दशैं । नेपालीहरुले आज नवदुर्गा भगवतीको पूजा गरी चैते दशैं मनाउँदैछन् ।

    चैते दशैंमा अष्टमी र नवमीलाई विशेष रुपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैते दशैं र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीका ज्येष्ठ सुपुत्रका रुपमा श्रीरामको जन्म भएकाले रामनवमीका रुपमा मनाउने गरिन्छ ।



    हनुमानढोकाको दशैं घरमा आज बिहान पूजा आराधना गरी ५४ वटा बोका र ५४ वटा राँगाको बलि दिने तयारी भएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए ।



    बडा दशैंमा भने १०८ बोका र १०८ राँगाको बलि दिई पूजा हुन्छ । चैत्र शुक्ल प्रतिपदादेखि नै दशैं घरमा विशेष पूजा र दुर्गा सप्तशती (चण्डी) पाठ पनि भइरहेको छ ।

    दशैं घरमा चैते दशैंमा पनि घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिने चलन पनि छ ।

    प्राचीनकालदेखि नै हनुमानढोका दरबारको दशैं घरमा चैते दशैंका दिन पनि बलिसहितको पूजा गरिन्छ । पूजासँगै चैत्र शुक्ल अष्टमीका दिन राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने कामना गरिन्छ ।

    अघिल्लो वर्ष पनि पहिलो पटक कोरोना महामारीका कारण बलिपूजा रोकिएको थियो ।

    आज काठमाडौं उपत्यकाका गुह्येश्वरी, जगबागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवीलगायत पीठमा चैते दशैंका अवसरमा विशेष पूजा हुन्छ ।

    यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, वागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवीलगायत शक्तिपीठमा पनि चैत्र नवरात्रका अवसरमा विशेष पूजा गरिन्छ ।

    यस अवसरमा शक्तिपीठमा गई पूजा आराधना एवं दर्शन गरेमा शक्ति प्राप्ति र मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार