Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • चैते दशैं पर्व आज, देवीको उपासना गरी मनाइँदै

    चैते दशैं पर्व आज, देवीको उपासना गरी मनाइँदै

    अनलाइन नेपाल
  • बुधबार, १५ चैत्र २०७९
  • 573
    SHARES

    फाइल तस्विर

    काठमाडौं । चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँ । ​शक्तिस्वरूपा भगवतीको आराधना गरी मनाइँदै छ ।

    चैत्र शुक्ल पक्षलाई वासन्ती नवरात्र पनि भनिन्छ। शारदीय नवरात्रमा जस्तै ९ दिनसम्म देवीको उपासना गर्ने परम्परा छ । नवरात्रको पूरै विधि नगर्नेले भने अष्टमीमा देवीको आराधना गर्छन् ।



    वर्षमा चारवटा नवरात्र हुने भए पनि शारदीय र वासन्ती नवरात्रको महत्त्व रहेको बताइन्छ । यसै पक्षमा देवीको आराधना गरी मर्यादापुरुष श्रीरामले रावणमाथि विजय प्राप्त गरेको बताइन्छ।



    चैतेदशैँका अवसरमा देवीभागवत तथा चण्डी पाठ गर्ने र शक्तिपीठमा दर्शन गर्न जाने परम्परा छ। नवरात्रमा शक्तिपीठमा पशुबलिसहित पूजा गर्ने विधान छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार