Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • झोलुङ्गे पुल तरेको पनि २० रुपैयाँ कर !

    झोलुङ्गे पुल तरेको पनि २० रुपैयाँ कर !

    अनलाइन नेपाल
  • बुधबार, ८ बैशाख २०७८
  • 3.6K
    SHARES

    बागलुङ। सङ्घीय सरकारद्वारा हालै निर्माण सम्पन्न भएपछि सञ्चालनमा आएको बागलुङ–पर्वत जोड्ने झोलुङ्गे ९५६७ मिटर लामो० पुलमा तरेपछि रु २० कर तिर्नुपर्ने भएको छ ।

    सो पुल विश्वकै लामो दावी गरिँदै आएको छ ।



    बागलुङ नगरपालिकाले पूर्वाधार कर भनी मङ्गलबारदेखि कर सङ्कलन शुरु गरेको छ । प्रतिव्यक्ति रु २० कर लिने कामको सामाजिक सञ्जालमा भने चर्को आलोचना भएको छ ।



    अबदेखि पुलमार्फत ओहरदोहर गर्नेले प्रतिव्यक्ति रु २० कर बुझाउनुपर्ने हुन्छ । नगरपालिकाका प्रमुख जनकराज पौडेलले पुलकै पूर्वाधारमा खर्च गर्न कर सङ्कलन गर्ने निर्णयमा पुगेको र यो निर्णयमाथि पुनःविचार गरिने बताए ।

    बागलुङ–पर्वत जिल्लाबासीलाई भने कर नलाग्ने नगरपालिकाले जनाएको छ । नगर प्रमुख पौडेलका अनुसार ज्येष्ठ नागरिक, अपाङ्गता भएका र विद्यार्थीलाई भने रु १० कर लाग्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार