Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • मेरियट होटल वार्ता : धरहरा अवलोकनमा सीमित !

    मेरियट होटल वार्ता : धरहरा अवलोकनमा सीमित !

    अनलाइन नेपाल
  • बिहिबार, ९ बैशाख २०७८
  • 3K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच म्यारियट होटलमा भएको दोस्रो दिनको भेटवार्ता सम्पन्न भएको छ। नेताहरुका अनुसार आजको वार्ता पनि विनानिष्कर्ष टुंगिएको छ । दुवै नेताले आ-आफ्नो अडान राखेपछि वार्ताले कुनै निष्कर्ष निकाल्न नसकेपछि अध्यक्ष ओली होटलबाट बहिरिएका छन्।

    यसअघि हिजो साँझ पनि दुई नेताबीच छलफल भएको थियो र आज पुनः कुराकानी हुने भनिएको थियो । त्यसअनुसार दुई नेताबीच भेटवार्ता भएपनि वार्ताले कुनै निचोड निकाल्न भने सकेन।



    आजको बैठकमा प्रधानमन्त्री ओलीले फागुन २८ को निर्णय मान्न नेपाललाई आग्रह गरे भने नेपालले उही पुरानो शैलीमा त्यसलाई अस्वीकार गर्दै एमाले २०७५ जेठ २ मा फर्किनुपर्ने अडान राखे । दोस्रो दिन पुनस् वार्तामा जुटेका ओली र नेपालले होटलको रुमबाट धरहरा नियाल्दै करिव दुई घण्टा वार्ता गरेका थिए।



    यसैबीच, आज बिहान पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुगिरहेको बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली र नेता नेपालबीच भएको भेटवार्ता सकारत्मक रहेको वार्तामा उपस्थित ओलिनिकट नेताहरुले बताई रहँदा केहीबेर अघिमात्र नेपालसहित नेपाल पक्षका १५ सांसदहरुले एक विज्ञप्तिनै जारि गरेर ओलीले पार्टी विभाजन गर्न लागेको उल्लेख गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार