Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • बिष्णु पौडेललाई निकालेर ओली र नेपालबीच ‘वान टु वान’ वार्ता !

    बिष्णु पौडेललाई निकालेर ओली र नेपालबीच ‘वान टु वान’ वार्ता !

    अनलाइन नेपाल
  • बुधबार, ८ बैशाख २०७८
  • 3.8K
    SHARES

    काठमाडौं । नेकपा कम्युनिष्ट पार्टी (नेकपा) एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्तामा सँगै रहेका नेता विष्णु पौडेल बाहिरिएका छन् ।

    नक्साल नागपोखरीस्थित म्यारियट होटलमा जारी भेटमा नेता पौडेल पाँच मिनेट बसेर बाहिरिएका हुन् ।



    पौडेल बहिरिएपछि अध्यक्ष ओली र नेपालबीच वान टु वन वार्ता जारि छ।



    आजै दिउँसो नेपाल पक्षका नेता योगेश भट्टराईले पनि अध्यक्ष ओलीसंग भेटवार्ता गरेर पार्टी एकीकरणका लागि पहल गर्न आग्रह गरेसँगै ओली र नेपालबीच वार्ता सुरु भएको हो।

    त्यस्तै, यसअघि आज दिउँसो अध्यक्ष ओलीको निर्णय पार्टी विधान र कानुन विपरित भएको भन्दै नेपाल पक्षका नेताहरुले ओलीविरूद्ध सर्वोच्च अदालतमा रिट पेश गरेका थिए।

    तर उनीहरूको रिट आज पेश भए पनि दर्ता भइसकेको भने छैन ।

    ३२ जना नेता कार्यकर्ता र प्रतिनिधिसभा सदस्यहरूलाई गर्न लागिएको कारबाहीलाई रोक्न आदेश दिन माग गर्दै उनीहरू फागुन २८ र त्यसयता अध्यक्ष ओलीले गरेका निर्णय कार्यान्वयन रोक्न र गैरकानुनी कारबाही’को बाटो बन्द गर्न माग गर्दै सर्वोच्च पुगेको रिटमा उलेख गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार