Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • निषेधाज्ञामा मृत्य हुनेहरुको संख्या झन् बढ्यो, एकैदिन अहिलेसम्मकै धेरै ५५ जनाको मृत्यु

    निषेधाज्ञामा मृत्य हुनेहरुको संख्या झन् बढ्यो, एकैदिन अहिलेसम्मकै धेरै ५५ जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २१ बैशाख २०७८
  • 1.8K
    SHARES

    फाइल तस्बिर

    काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या अहिलेसम्मकै धेरै ५५  रहेको छ ।

    योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ३ हजार ४१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै हिजो नेपालमा ३७ जनाको मृत्यु भएको थियो।



    यसैबीच, आज पछिल्लो २४ घण्टामा थप ७ हजार ६६०  जनामा संक्रमण पुष्टि भएको छ । १६ हजार १३१  जनामा पीसीआर परीक्षण र ५७१  जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ७५८७ र ६३ जनामा संक्रमण पुष्टि भएको हो ।



    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख ५१ हजार ००५  पुगेको मन्त्रालयले जनाएको छ।

    पछिल्लो समय नेपालमा कोरोना भाइरस संक्रमितको संख्यामा उकालो लाग्ने क्रम उच्च  रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार