Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • संक्रामक रोग विरुद्धको कसूर गरेको अभियोगमा भारतीयसहित ५ जना पक्राउ

    संक्रामक रोग विरुद्धको कसूर गरेको अभियोगमा भारतीयसहित ५ जना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, १ जेष्ठ २०७८
  • 3.5K
    SHARES

    फाइल तस्विर

    पर्सा।  निषेधाज्ञा उल्लंघन, प्रहरीमाथि अभद्र व्यवहार र संक्रामक रोग ऐन, २०२० विरुद्धको कसूर गरेको अभियोगमा वीरगंज महानगरपालिकाका विभिन्न स्थानहरूबाट ५ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
    पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका-१० ठेगाना भएका २६ वर्षीय साहेव शेख, पोखरिया नगरपालिका-३ ठेगाना भएका १९ वर्षीय हनिफ हुसेन, विन्दवासिनी गाउँपालिका-४ ठेगाना भएका ३० वर्षीय भोला प्रसाद साह, वीरगंज महानगरपालिका-१३ ठेगाना भएका ३० वर्षीय मोहम्द असरफ राइन र भारत विहार वेतिया वैरिया-३ ठेगाना भएका मुन्ना साह रहेका छन् ।

    विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ रोगको संक्रमण रोकथाम गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय पर्सामार्फत बैशाख ३० गतेदेखि जेठ ६ गते सम्मका लागि थप जारी भएको निषेधाज्ञा कार्यान्वयन गर्ने गराउने क्रममा उक्त निषेधाज्ञा उल्लंघन गरी खोलिएका पसल बन्द गराउने र अनावश्यक हिँड्डुल, आवतजावतमा रोक लगाउने कार्यको लागि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीमाथि अभद्र व्यवहार गरी प्रहरी कामकारवाहीमा अवरोध पुर्‍याएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।



    उनीहरु उपर सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर एवं संक्रामक रोग ऐन, २०२० बमोजिम कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार