Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • प्रधानमन्त्री ओलीद्वारा भारतले मिचेको जमिन फिर्ता ल्याउने घोषणा

    प्रधानमन्त्री ओलीद्वारा भारतले मिचेको जमिन फिर्ता ल्याउने घोषणा

    अनलाइन नेपाल
  • शुक्रबार, १४ जेष्ठ २०७८
  • 2K
    SHARES

    काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले मिचेको जमिन फिर्ता ल्याउने घोषणा गरेका छन् । उनले सुदूरपश्चिम क्षेत्रमा रहेको महाकालीपूर्वको जमिन फिर्ता ल्याउनेबारे भारतसँग गम्भीरताका साथ कुराकानी भइरहेको बताउदै यस्तो घोषणा गरेका हुन्।

    आज प्रधानमन्त्री निवास बालुवाटारमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका संवाददाताहरुसँग अन्तर्क्रिया गर्दै प्रधानमन्त्री ओलीले वर्षौंदेखि नेपालको भूमि भारतले प्रयोग गर्दे आएकाले फिर्ता ल्याउनका लागि गम्भीरताका साथ कुराकानी भइरहेको बताएका हुन्।



    ‘महाकाली नदीपूर्वको जमिन नेपालको भएको र सो जमिनलाई राजनीतिक र प्रशासनिक नक्सामा सामेल गरी संविधानको अनुसूचीमा पनि राखिसकेको उल्लेख गर्दे ती भूभाग फिर्ता ल्याउनका लागि भारतसँग वार्ता भइरहेको उनको भनाइ छ।



    ‘महाकालीपूर्वको जमिन नेपालको जमिन हो, हामीले हाम्रो जमिन हाम्रो राजनीतिक तथा प्रशासनिक नक्सामा सामेल गरेर पास गरेका छौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसलाई संविधानको अनुसूचीमा पनि सामेल गरेका छौँ । यस सम्बन्धमा हामी भारतसँग गम्भीरताका साथ कुराकानी गरिरहेका छौँ तर यथार्थ के हो भने विगत ५८ वर्षदेखि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र भारतको नियन्त्रणमा रहेको छ ।’

    सबै समस्याको समाधान वार्तामार्फत गरिने भन्दै उनले भने छिमेकीसँग केही कुरामा मतभेद वा गलत बुझाइ हुन सक्छ, कतिपयले आफूलाई भारतसँगको सम्बन्ध बिगारेको र कतिपयले भारतको इशारामा काम गरिरहेको भन्ने आरोप लगाउने गरेकोमा आपत्ति जनाए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार