Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • बजेट : कोरोनाबाट मृत्यु भएकाका सन्तानलाई छात्रवृत्ति, सर्टिफिकेट धितो राखेर २५ लाख सम्म ऋण

    बजेट : कोरोनाबाट मृत्यु भएकाका सन्तानलाई छात्रवृत्ति, सर्टिफिकेट धितो राखेर २५ लाख सम्म ऋण

    अनलाइन नेपाल
  • शनिबार, १५ जेष्ठ २०७८
  • 2.4K
    SHARES

    काठमाडौं । सरकारले महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु भएकाका सन्तानलाई छात्रबृत्ति प्रदान गर्ने भएको छ । त्यसैगरी शहीद, एचआईभीबाट मृत्यु भएका, गरिबका छोराछोरीले पनि छात्रवृत्ति पाउने अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमार्फत जानकारी गराए ।

    आर्थिक वर्ष २०७८र७९ को बजेट भाषण सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १३ जिल्लामा आवसीय विद्यालय सञ्चालन गर्ने पनि जानकारी गराए । आगामी दुई वर्षभित्र सबै सामुदायिक विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेट सेवा र नेपाल टेलिभिजनबाट शैक्षिक च्यानल सञ्चालन गरिने पनि सरकारको लक्ष्य रहेको छ । त्यसका लागि बजेट विनियोजन गरिएको मन्त्री पौडेलले जानकारी गराए ।



    चालु आर्थिक वर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ६ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको थियो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको विस्तार गरी कक्षा कोठा निर्माण प्राविधिक शिक्षकको व्यवस्था, शिक्षक तालिम, स्वयंसेवक शिक्षक परिचालन, विज्ञान प्रयोगशाला, सूचना प्रविधि ल्याव, खेल मैदान र खेल सामाग्रीको व्यवस्था लगायतका शैक्षिक पूवार्धार र गणुस्तर अधिवृद्धि कार्यक्रम सञ्चालन गरिने छ।



    त्यसैगरी सरकारले सार्वजनिक विद्यालय वा सो भन्दा माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीलाई एक थान ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा रु ८० हजार उपलब्ध गराउने गराउने भएको छ । बैकल्पिक सिकाइका लागि ल्याइएको यस्तो ऋण रकम २ बर्षभित्र तिर्नुपर्नेछ ।

    यस्तै १६ बर्ष भन्दा माथिका विद्यार्थीलाई एकथान सिमकार्ड निःशुल्क उपलब्ध गराइने भएको छ । सरकारले आगामी आर्थिक वर्षबाट स्नातकभन्दा माथिका युवालाई सर्टिफिकेट धितो राखी बढीमा ५ प्रतिशत ब्याजमा २५ लाख सम्म ऋण दिने बजेटमा व्यवस्था गर्ने भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार