Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • इजलासमा चर्को विवाद : प्रधानन्यायाधीश र सर्वोच्च बारका अध्यक्षबीच छलफल

    इजलासमा चर्को विवाद : प्रधानन्यायाधीश र सर्वोच्च बारका अध्यक्षबीच छलफल

    अनलाइन नेपाल
  • मंगलबार, १८ जेष्ठ २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यबीच छलफल जारी रहेको छ।

    पछिल्ला दिनहरुमा इजलास गठनका विषयमा उठेका प्रश्न तथा विवाद निवारणका सम्बन्धमा प्रधानन्यायाधीश राणा र बारका अध्यक्ष शाक्यबीच छलफल भएको हो ।



    गत शुक्रबार र आइतबारको बहसपछि संवैधानिक इजलासमा न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीलाई राख्न नहुने वकिलहरूले अडान लिएपछि यसबारे इजलासमा चर्को विवाद रहेको बेला राणा र शाक्यबीचको छलफलले निकास दिने बुझिएको छ । यद्यपी आजको इजलासमा पनि राणाले यी दुबैलाई निरन्तरता दिएका छन् ।



    १४६ जना सांसदका वकिलहरुले न्यायाधीश केसी र श्रेष्ठले इजलास छाड्नु पर्ने माग गर्दै आएका छन् । केसी र श्रेष्ठले नछाड्ने भनेर तयार पारेको आदेशमा अरु दुईजना न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले हस्ताक्षर गर्न नमानेपछि विषय जटिल भएको छ।

    दोस्रोपटक गरिएको प्रतिनिधिसभा विघटनसँग सम्बन्धित ३० वटा रिट निवेदनको सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफूसहित न्यायाधीशहरु दीपककुमार कार्की, आनन्द मोहन भट्टराई, केसी र श्रेष्ठ रहेको इजलास तोकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार