Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • यस्तो छ आज जेठ २० गते बिहीबारको राशिफल

    यस्तो छ आज जेठ २० गते बिहीबारको राशिफल

    अनलाइन नेपाल
  • बिहिबार, २० जेष्ठ २०७८
  • 1.7K
    SHARES

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 
    आज आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) 
    आज मित्र प्राप्तिका साथै कार्य लाभका योग देखिन्छन् । सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।



    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) 
    धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव समेत आउन सक्छन् ।



    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
    प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्न सक्छ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । व्यवसायमा पनि नोक्सानी बेहोर्नु पर्ला ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) 
    आज व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 
    आज अनुहारमा छनक र मनमा प्रसन्न छाउनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । कला र मनोरञ्जनमा अभिरुचि बढ्नेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 
    आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । पर्यटकीय भ्रमणले मन लोभ्याउनेछ र यात्राका अवसर मिल्नेछन् .

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) 
    मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । रोकिएका कार्यको नयाँ योजना बन्नेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) 
    आज नयाँ कार्यको थालनी हुनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । कृषि क्षेत्रमा पनि राम्रो हुनेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) 
    सामाजिक र धार्मिक कृत्यमा सहभागीको अवसर मिल्नेछ । भौतिक साधन जुटाउने समय छ । छोटो यात्राको योग पनि रहेको छ .

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) 
    आज मित्रहरूले दिएको वचन फेरिन सक्छ । फजुल खर्चले चिन्ता बढाउनेछ । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार