Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • ठाकुर पक्षमा क्रियाशील रहेका कर्ण र यादव किन परेनन् मन्त्रीको लिस्टमा ?

    ठाकुर पक्षमा क्रियाशील रहेका कर्ण र यादव किन परेनन् मन्त्रीको लिस्टमा ?

    अनलाइन नेपाल
  • शुक्रबार, २१ जेष्ठ २०७८
  • 3.1K
    SHARES

    काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरको पक्षले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नामको टुङ्गो लगाएको छ ।

    जसपाका स्रोतका अनुसार नेता राजेन्द्र महतोको नेतृत्वमा शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, चन्दा चौधरी, लक्ष्मणलाल कर्ण, उमाशंकर अरगरिया, विमल श्रीवास्तव, एकवाल मियाँ र रेनुका गुरुङ सरकारमा सहभागी हुन लागेका हुन् । यसमध्ये आठजना मन्त्री दुईजना राज्यमन्त्री हुने बताइएको छ ।



    जसमा महतो, भण्डारी, झा, श्रीवास्तव र अरगरियालाई क्रमश : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, जलस्रोत तथा सिँचाई मन्त्रालय, शहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय दिने तय भएको छ ।



    उनीहरुमध्ये राजकिशोर यादव र लक्ष्मणलाल कर्णको मन्त्रालय टुङ्गो लाग्न बाँकी रहेको बताइएको छ । यद्यपि यादव र कर्णले पनि मन्त्रिमा दावी गर्दै आएका थिए। यसबारे जसपा अध्यक्ष ठाकुरले कुनै प्रतिक्रिया नदिएको स्रोतको भनाइ छ।

    यसअघि बिहीबार राती भएको छलफलमा प्रधानमन्त्री केपी अ‍ोलीले ठाकुर पक्षलाई शहरी विकास मन्त्रालय, सँस्कृति तथा पर्यटन मन्त्रालय, खानेपानी मन्त्रालय, भूमी व्यवस्था तथा सहकारी मन्त्रालय, श्रम रोजगार मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, महिला तथा बालबालिका मन्त्रालय र वन मन्त्रालय दिने बताएका थिए ।

    आफूले माग गरेअनुसार गृहमन्त्रालय नदिने भएपछि ठाकुर पक्षले भौतिक मन्त्रालय र उद्योग मन्त्रालय माग गरिरहेको छ । तर हालसम्म यस विषयमा कुरा मिलेको छैन ।

    जसपाको पार्टीको आधिकारिकता विवाद निर्वाचन आयोगमा पुगेकाले पनि केही ढिला भएको बताइएको थियो । केही विषय बाँकी रहेकाले नयाँ मन्त्रीहरूको सपथग्रहण आजै हुने सम्भावना कम रहेको बालुवाटार स्रोतले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार