Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • पर्सा १ मा लोसपा नेता लक्ष्मणलाल कर्णको जमानत जफत

    पर्सा १ मा लोसपा नेता लक्ष्मणलाल कर्णको जमानत जफत

    अनलाइन नेपाल
  • बुधबार, ७ मंसिर २०७९
  • 627
    SHARES

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता लक्ष्मणलाल कर्णको जमानत जफत भएको छ। कूल सदर मतको १० प्रतिशत ल्याउन नसक्दा उनको जमानत जफत भएको हो।

    पर्सा-१ मा ४८ हजार ५ सय २६ मत सदर भएको थियो। कर्णले ११ सय १७ मत मात्रै ल्याएका हुन्। उनी त्यहाँ सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका थिए।



    कर्णसहित १९ जनाको जमानत जफत भएको छ। पर्सा-१ मा जनता समाजवादीका प्रदीप यादव २२ हजार ५ सय ३७ मतका साथ विजयी भएका छन्।



    स्वतन्त्र उम्मेदवारी दिएका अजय द्विवेदीले २० हजार ९ सय १७ मत पाएका छन्। कांग्रेस नेता द्विवेदीले बागी उम्मेदवारी दिएका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार