Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कर्णालीमा कांग्रेसबाट मन्त्री बनेका दुई जनाको सपथ आज

    कर्णालीमा कांग्रेसबाट मन्त्री बनेका दुई जनाको सपथ आज

    अनलाइन नेपाल
  • आइतबार, २३ जेष्ठ २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    सुर्खेत। कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसबाट मन्त्री बनेका दुई जनाको सपथ आज दिउँसो हुने भएको छ ।

    सपथ ग्रहण कार्यक्रम दिउँसो २ बजेका लागि तय भएको नबनियुक्त जलस्रोत तथा ऊर्जा विकासमन्त्री दिनबन्धु श्रेष्ठले जानकारी दिए।



    कांग्रेस संसदीय दलको निर्णयअनुसार कर्णालीमा नेपाली कांग्रेसबाट सामाजिक विकासमन्त्रीमा यज्ञबहादुर बिसी र जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा श्रेष्ठ नियुक्त भएका हुन्।



    गत चैतको पहिलो साता नेकपा एमालेले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिएको थियो । तर, वैशाख ३ गते विश्वासको मत लिने क्रममा शाहीको पद एमालेको माधव पक्ष र कांग्रेसले जोगाइदिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार