Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • निषेधाज्ञाको विरोधमा प्रहरी र स्थानीयबीच झडप, डीएसपीसहित ६ जना घाइते

    निषेधाज्ञाको विरोधमा प्रहरी र स्थानीयबीच झडप, डीएसपीसहित ६ जना घाइते

    अनलाइन नेपाल
  • सोमबार, २४ जेष्ठ २०७८
  • 2.8K
    SHARES

    रौतहट । जिल्लाको गरुडा नगरपालिकामा निषेधाज्ञाको पालना गराउन खटिएको प्रहरी टोली र स्थानीयबासीबीच झडप भएको छ ।

    जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धीविक्रम शाहका अनुसार गरुडा नगरपालिका ९को गेडहिगुठी टोलमा निषेधाज्ञाको बेला चर्को लाउडस्पिकर बजाएर जन्ती जान लागेको टोलीलाई प्रहरीले रोक्न खोजेपछि झडप भएको हो ।



    झडपमा परेर इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी द्वारिका घिमिरेसहित अन्य ६ जना प्रहरी घाइते भएको एसपी शाहले जानकारी दिए।



    स्थानीयलाई निषेधाज्ञाको पालना गराउन प्रहरीको टोलीले सम्झाइ बुझाइ गर्न खोज्दा उनीहरुले प्रहरीलाई नै घेरा हालेर आक्रमण गरेको एसपी शाहले बताए।

    एसपी शाहका अनुसार प्रहरी टोलीमाथि आक्रमणमा संलग्न २ जनालाई पक्राउ गरेर यस बिषयमा थप अनुसन्धान भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार