Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • रौतहटमा प्रहरी र स्थानीयबीच झडप, १५ राउण्ड हवाइ फायर

    रौतहटमा प्रहरी र स्थानीयबीच झडप, १५ राउण्ड हवाइ फायर

    अनलाइन नेपाल
  • बिहिबार, २९ साउन २०७७
  • 3.7K
    SHARES

    रौतहट । प्रहरीले रौतहटमा हवाइ फायर गरेको छ । भारतबाट तस्करी गरेर अवैध रुपमा नेपाल ल्याउदै गरेको राँगा भैंसी नियन्त्रणमा लिन हवाइ फायर गरिएकाे प्रहरीले जनाएकाे छ । भारतीय सीमा जोडिएको रौतहटको राजपुर नगरपालिकाको कुडिया बजारमा चोर बाटोबाट ल्याइएका ५८ वटा राँगाभैंसी नियन्त्रणमा लिन गएको नेपाल प्रहरी र स्थानीयबीच झडप भएको हो ।

    जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार प्रहरीले नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाउँछ भन्ने थाहा पाएपछि स्थानीयले अवरोध गरेका हुन् । स्थानीय वासिन्दा र भैंसी व्यापारीले प्रहरीको काममा अवरोध गर्दै ढुङ्गामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन ८ सेल अश्रुग्यास र १५ राउण्ड हवाइ फायर गरेको खड्काले जानकारी दिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार