Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • तेस्रो लहरको सम्भावना निकै कम, जुलाईपछि कोभिड हराउने चिकित्सकको दावी

    तेस्रो लहरको सम्भावना निकै कम, जुलाईपछि कोभिड हराउने चिकित्सकको दावी

    अनलाइन नेपाल
  • सोमबार, २४ जेष्ठ २०७८
  • 2.3K
    SHARES

    डा. रवीन्द्र गोडसे

    एजेन्सी । कोरोना भाइरस महामारीको दोस्रो लहरसँग संघर्ष गरेइरहेको छिमेकी देश भारतमा तेस्रो लहरको सम्भावना निकै कम रहेको अमेरिकाका एक चिकित्सकीय विशेषज्ञले बताएका छन्।

    पिट्सबर्गस्थित चिकित्सक डा. रवीन्द्र गोडसेले इन्डिया न्युज नेटवर्कलाई एक कार्यक्रममा भने,’भारतमा हामीले रोग प्रतिरोधात्मक क्षमताको थ्रेसहोल्ड प्राप्त गरिसकेका छौँ तसर्थ जुलाई १ सम्ममा महामारीको अन्त्य भइसक्ने छ । मेरो पूर्वानुमान अनुसार अक्टोबर २ देखि हामीले मास्क लगाउनु पर्दैन र तेस्रो लहरको सम्भावना पनि निकै कम छ।’



    कोभिड तेस्रो लहरको सम्भावना कम रहनुका कारणलाई प्रस्ट पार्दै उनले अगाडि भने, ‘यदि तपाईँ वास्तवमै कोभिडमाथि काबु पाउन चाहनुहुन्छ भने तपाईँले सकेसम्म धेरै मानिसहरूलाई खोप लगाउनु पर्छ। खोप एक मात्र तरिका हो।’  गोडसेले भने ‘मान्छे खोप लिन हिचकिचाउनु हुँदैन।’



    ‘तेस्रो लहरलाई झुन्ड प्रतिरोधात्मक क्षमताबाट बचाउन सकिन्छ र रोग वा खोपद्वारा रोग प्रतिरोधात्मक क्षमता विकास गर्न सकिन्छ। मलाई लाग्छ हामी खोप लगाएर यो सम्भव गर्न सक्छौँ।’ खोपको महत्त्वको बारेमा बताउँदै गोडसेले भने, ‘डब्ल्यूएचओको मार्ग निर्देशन अनुसार, तपाईँ यदि कोभिड सङ्क्रमित हुनुहुन्छ भने पनि खोप लगाउनु जरुरी छ किनकि खोपले तपाईँलाई समन्वित प्रतिरक्षा दिन्छ। ‘

    भारतमा अहिलेसम्म उपलब्ध भ्याक्सिनहरूको बारेमा बोल्दै गोडसेले भने, ‘कोभाक्सिन अहिलेसम्म सुरक्षित देखिन्छ। यो सम्पूर्ण भाइरस खोप हो। यसले सम्भवतः उत्परिवर्तनको विरुद्ध काम गर्दछ। प्रभावकारिता ठिक छ र विश्वका लागि यो खोप स्वीकृत हुने सम्भावना रहेको छ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार