Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • गण्डकीमा मुख्यमन्त्रीको टुंगो भोलि मात्रै, प्रमुख पौडेलले भनिन् – सनाखत भोलि गरौंला

    गण्डकीमा मुख्यमन्त्रीको टुंगो भोलि मात्रै, प्रमुख पौडेलले भनिन् – सनाखत भोलि गरौंला

    अनलाइन नेपाल
  • शुक्रबार, २८ जेष्ठ २०७८
  • 1.9K
    SHARES

    कास्की। गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष विपक्षी गठबन्धनले बहुमत ३१ जना सांसदको हस्ताक्षर बुझाएका छन् ।

    आज नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीको नेतृत्वमा प्रदेश प्रमुखको निवासमा सशरीर उपस्थित भएर ३१ जना सांसदले हस्ताक्षर बुझाएका हुन् ।



    प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ को उपधारा ५ अनुसार बहुमतको आधार प्रस्तुत गर्न आह्वान गरेपछि नेता नेपाली बहुमत सांसद सहित पुगेका हुन् ।



    बिहीबार मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले विश्वासको मत नपाएपछि प्रदेश प्रमुखले वैकल्पिक सरकार गठन आह्वान गरेकी थिइन् । गुरुङलाई मत दिन अनुपस्थित रहेका स्वतन्त्र सांसद दीपक मनाङे पनि विपक्षी गठबन्धनका साथ प्रदेश प्रमुख निवास पुगेका छन् ।

    हस्ताक्षरसहितको पत्र बुझाउदै नेपालीले प्रदेश प्रमुखलाई सजिलो होस् भनेर सशरीर उपस्थित भएकोले छिटै सनाखत गर्न आग्रह गरेका थिए । ‘उनको आग्रहमा प्रदेश प्रमुख पौडेलले ‘सनाखत भोलि गरौंला ‘ भन्ने जवाफ दिइन् । भनिन्, ‘ठीक छ यहाँहरूले ल्याउनुभएको छ । आज भइहाल्यो, प्रक्रिया पुगे नपुगेको भोलि हेरौंला ।’

    नेपालीलाई कांग्रेस, नेकपा माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन् । ६० सदस्यीय प्रदेश सभामा ३१ सांसदको समर्थन पाएका नेपाली मुख्यमन्त्री बन्ने प्राय: निश्चित छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार